Posts

चुम्बकिय गिफ्/जिफ्

९ गते बिहान उनले दुवै तिर फोन गरिन् । ह्वाट्सएप् अनि नम्बरमा । धेरै बेर बोल्न पाइन । उनी क्लासबाट चाँडै निस्किएको बताउँदै थिइन् । त्यसरी उनले सम्झेको मिठो पलमा पनि बोल्न नपाउँदा नराम्रो लागिरहेको थियो । अबेरसम्म सुतेकोले नित्य कर्म नै बाँकी थिए । दिउसो साढे बाह्र बजे ह्वाट्सएपमा मात्र एक मिस्ड्कल् आएको रहेछ । दिनभरि नै अनुकुल परेन मलाई । छटपटी-छटपटी भइ नै रह्यो, तर पनि फोन गर्न पाइन मैले । बिहान एकैछिन कुरा हुँदा - दिउसो गर्छु त भनेको थिएँ तर सोँचे जस्तो भएन । बेचैनीमा दिन बित्यो । एकान्त समय मिल्दै मिलेन । राति त जसरी भए पनि कुरा गर्ने हो- भनेर उनलाई एकपटक फोन गरेँ । उनलाई नमिलेको बेला परेकोले उनले काटिदिइन् । उनको कलब्याक् कुरेर बसेको थिएँ । आए पछि थाहा भइहाल्छ नि भनेर, ढुक्क हुँदै मोबाइल छेउमा राखेर आँखा चिम्लेर पल्टेको थिएँ । दिनभरिको थकान र गर्मीले गालेकोले होला, म त फुस्सै निदाएछु । राती दुइ बजे मात्र ब्युझिएको थिएँ । उनको एउटा टेक्स्ट् र मिस्ड्कल् देखेँ र उनको पौने बाह्र बजेसम्मको अन्तिम ह्वाट्सएप् गतिबिधि पनि । सोँचे - विचरी निदाउन सकिनछिन् क्यार ? नम्बरमा पनि हेरेँ । त्यहाँ भ

कुर्था

बिहान गूड् मर्निङ् सन्देशसँगै उनले आफ्नो तस्बिर पठाएकी थिइन् । कुनै पर्व वा अवसर पारेर खिचिएको तस्बिर थिएन त्यो । बिहानी कक्षामा आफुले पढ्दै गरेको बेला एउटा सेल्फि खिचेर पठाएकी थिइन् प्रियतमाले । फिल्टरको असर प्रशस्तै भएपनि, आज तस्बिर इतिहासमा पहिलोपटक उनी भन्दा सुन्दर देखेको थिएँ मैले । र त्यहि अनुपातमा गम्भीर पनि भएकी जस्तो लाग्यो मलाई । रसिला आँखाले बिलकुल मलाई हेरेकी थिइन् । एउटा हात चिउँडोमा थियो । तर घाँटी तिर बढि पर्ने गरि । उनको त्यो अकस्मातको तस्बिर र तस्बिर भित्रको उनको स्वरूपले, उनको सानिध्यमा बिताएका पलहरू एकैपटक उद्वेलित गराईदिएको थियो । उनका यादहरू सम्हाल्नै नसकिने गरि मेरा आँखामा छचल्किएका थिए । तस्बिर बोल्दै थियो । — ई हेर मलाई । कक्षाकोठामा पनि म तिमीलाई सम्झिएर बसेकी छु । यि आँखाले तिमीलाई खोजि रहेछन् । कहाँ छौ तिमी ? दुई दिनको लागि आयौ । अनि अहिले कहाँ गयौ हँ ? मलाई तिम्रो उपस्थितिको बानी लगाईदिएर एक्लै छोड्यौ । यो निधारले तिम्रो अधरको स्पर्श याद गरि रहेछ । यी हातहरूले तिम्रो हातको पकडको अभाव महसुस गरि रहेछन् । अनि म तिम्रो चाहनामा डुबेकी छु । तिमी साथ नहुँदा एक्ली भ

तस्बिरको बिल्ला

अघिल्लो दिन राति उनले उनको एउटा तस्बिर पठाएकी रहिछन् । मैले बिहान मात्र देखेँ । तस्बिर निकै सुन्दर थियो । तस्बिरमा उनी अलिकती मलिन जस्तो देखिन्थिन् तर निकै भद्र । परिपक्क शालिनता झल्किएको थियो उनको मुहारमा । उनको त्यो साइड् प्रोफाइल् हेरेर मुग्ध भएको थिएँ म । निकै गजबको कोणबाट खिचिएको उनको त्यो तस्बिरले उनको वास्तविक सुन्दरतालाई धेरै हदसम्म न्याय गरेको थियो । उनको तस्बिरले आउनुले मलाई धेरै खुसि प्रदान गरेको थियो । लागेको थियो, अब रिसाएकी छैनिन् । मुटु नै चढाउँ जस्तो लाग्ने त्यो उनको तस्बिरको बारे मैले केहि कुराहरू भनेको थिएँ । मलाई स्वर्गीय आनन्द जो गराएको थियो त्यो तस्बिरले । मेरो लागि त्यो तस्बिर, तस्बिर मात्र थिएन । मेरो प्राण थियो । मेरो प्रेम प्याला थियो । मेरी उनीको प्रेमिल भाव थियो । त्यसैले पनि मैले मन खोलेर, मलाई लागेको कुराहरू भनेको थिएँ । उनको सुन्दरताले मेरो मन छोएको कुरा गरेको थिएँ । र सोँचेको थिएँ– उनले हाँस्दै प्रतिक्रिया जनाउने छिन् । तर त्यस्तो भएन । उनले ति कुराहरूलाई सिधै नजरअन्दाज गरि दिइन् । अहँ, एक शब्द आएन । त्यो देखेर म छाँगाबाट खसेको जस्तो भएको थिएँ । भर्खर नुह

सि.आई.डी.

निकै ठुलो उम्मिद बोकेर उनलाई फोन गरेको थिएँ । खासमा, म आत्तिएको थिएँ, उनीसँग बात्तिन । कतिबेला उनीसँग कुरा गरौँ, अनि मन पोखौँ– जस्तो भइरहेको थियो । त्यसै-त्यसै हतारिएको थिएँ म– उनीसँग बहकिन । हिजो रातिको संवादमा देखिएको खुलापनले मेरो मनमा जोश भरिदिएको थियो । उनको पनि उत्साह सहित, केहि खास विषयहरूमा विना छेकबार उनको राय बुझ्न पाउँछु कि– झैँ लागेको थियो । बिहान केहि भावहरूले मनमा कब्जा जमाएका थिए । कौतुहलता र जिज्ञासा थपिदिएका थिए । अब साँझको कुराकानीमा सोध्नु पर्ला भनि टिपोट गरेको थिएँ । जस मध्ये मूल यसप्रकार थिएँ :- १. उनले भनेकी थिइन्– “मनको कुरा खोल्ने त अहिले पनि कोहि छैन ।” - मेरो पनि त कोहि थिएन ? उनी आएपछि, उनी नै भएकी थिइन् । म त उनको लागि त्यति पनि भइन । उनको सुख-दु:ख बाँड्ने विश्वास पात्र किन हुन नसकेको होला म ? एक्लै नै आफ्ना कष्टहरूसँग लड्न खोज्छिन् । सुनाउँदा मात्रै पनि आधा कष्ट कम भएर जाने कुरामा विश्वास गर्दिनन् क्यारे उनी । म उनको दु:खको सारथी हुन सक्ने कुरामा निश्चिन्त हुन नसकेर हो कि ? कि सुनाउँदा असुरक्षित महसुस गर्छिन् ? आफ्नो कमजोर पाटो देखाउँदा, मैले उनलाई नराम्रो

तिमी, अवश्य नै !

म मेरो यु-ट्युब् च्यानल् प्रोमोट् गर्दै थिएँ । केहि हुन्छ कि भनि– श्रुति-संवेग कार्यक्रमका वाचनहरूलाई छाँटेर, काटकुट पारेर दुइ-चारवटा भिडियोहरू अपलोड् गरेको थिएँ । वि.सं. २०७५ पौष २५ गते बुधबारको दिन मध्यान्ह, रोजीरोटीको कामबाट अलिक फुर्सत मिलेको बेला, बन्दै गरेको भवनको चिसो भर्‍याङ्गमा बसेर, च्यानलको प्रवर्धनमा लागेँ । ट्वीटरमा डि.एम्. गर्न मिल्नेहरूलाई रेन्डम्ली भिडियो-लिङ्क पठाई रहेको थिएँ । कसैलाई फलो गरेर । कसैलाई नगरेरै । साथै “नेपाली उपन्यास र कथा सुन्नका लागि, कृपया शेयर् तथा सब्स्क्राइब् गर्नुहोला !” भनेर फूट्नोट् पनि छोडि दिन्थेँ । कसैले सबरक्राइब् गरि पनि दिन्थे । कसैले बदलामा त्यसै गर्न लगाउँथे । कसैले “हस्” भन्दथे । कसैले “पछि गर्छु” पनि भने । कसैले इमोजीहरू पठाएका हुन्थे । अपरान्ह तिर एउटा डि.एम्. आएको रहेछ । मेरो नजरमा साँझ मात्र पर्‍यो । तस्लिमा नास्रिनको फ्रान्सेली प्रेमीको मैले पठाएको लिङ्कको तल सोधिएको थियो, “पुरै उपन्यास हो यो ?” मैले त्यो प्रोफाइल् चेक् गरेँ । केहि गहकिला ट्वीट्हरूसँगै, चार-पाँच तस्बिरहरू देखेँ । एउटी सुन्दराले पो रिप्लाई दिएकी रहिछन् मलाई । उनलाई

दशैँ फोटो

दशैँको दिन साँझबाट कोलाहल मच्चिएको मेरो मनमा अझै शान्ति फर्किन सकेको थिएन । जति नै कोसिस गरे पनि आफुलाई धैर्य राख्न सकिन । बतास जस्तै गरि उनको सम्झना आउँथ्यो । आँखा फरफराउन थाल्दथे । थाकेको मनको रस निचोरिएर आँखा टिलपिल हुन्थे । झ्यालबाट पारीको क्षितिज हेर्दै टोलाएको म, आफुले गरेको गल्तिको मनमनै प्रायश्चित गरिरहेको हुन्थेँ । रातिको निद्रा हराएको थियो । कुनैबेला पत्तै नपाई, निदाई पनि हाल्थेँ । ब्युझिए पछि फेरि उही हालत । मनमा त्यही कुरा बारम्बार दोहोरिन्थ्यो । दिमागको नसा तताई दिन्थ्यो । मुटुमा डरको काँढाले बिझाइ रहन्थ्यो । कतिबेला के आइपर्छ, पत्तै नहुने । दिनभरको दौडधूपले शरीर लखतरान भएको बेला, अर्को बज्र आइलागेको थियो । मनसँगै शरिर दुखेको थियो । मनको चोट शरीरले थाहा पाएको थियो । शरीरले लक्षण देखाउँदै थियो । शरीर फतक्कै गलेको थियो । असोजको बेला कौसीमा चलेको चिसो हावाका बिच पनि मेरो शरीर भतभती पोल्ने भएको थियो । आन्द्रामा अम्लियपन बढेको महसुस गरेको थिएँ । दिमाग शुन्य भएको थियो । उनलाई के भनौँ ? म कसो गरौँ ? केहि मेसो लगाउन सकेको थिइन । दिनभर दशैँको धपेडीले थिचेको मनको चैन साँझ आफ्नै नकाम

होला !

एकाएक उनले मेरो माया पत्याईनन् । मैले भनेको थिएँ, “तिमीसँग बोल्न पाउँदा थकान कमी महसुस हुन्छ ।” उनले नपत्याए जस्तो गरी भनि दिईन्, “होला !” मैले उनलाई विश्वास दिलाउने कोसिसमा भनेँ, “मलाई त हुन्छ क्यारे !” उनले अझै पनि सुनिश्चितता प्रकट गरिनन् । भनिन्, “हस् !” मेरो कुरा चित्त बुझ्दो नलागेर प्रसङ्गलाई त्यत्तिमै टुङ्याउन तिर लागेको जस्तो प्रतित हुन्थ्यो । मेरो मुटु फुल्लिन थालिसकेको थियो । सास तेज भएको थियो । कामको थकानलाई, मनको थकानलाई उनीसँग केहिबेर गन्थन् गरेर भएपनि आफुलाई कायाकल्प गराउँछु सोँचेको थिएँ । तर सधै त्यस्तो नहुने । बिरालोलाई सधैको दुध र भात पुगोस् पनि कसरी ? मेरो मन झन भारी भयो । यसै त उनको अभावले भिडमा पनि एक्लो महसुस गर्ने म, झनै एक्लिएको जस्तो लाग्यो । शरीर सोझ्याउन एकैछिन बेडमा पल्टिन त पल्टिएको थिएँ । तर मनको आनन्द लिन भने पाइन । मन भरि कुरा मात्रै दौडिन थाले । धेरै कुराहरू सोँच्न थाल्यो मेरो दिमागले । उनका छोटा एवम् बाध्यात्मक जस्ता लाग्ने जवाफहरू सुनेर, उनलाई केहि न केहि त भएको हुनपर्छ भन्ने अनुमान लगाएको थिएँ । केहि कुरा निस्कन्छ कि सोँचि मैले मजाकको शैलीमा भनेँ, “एक